१८ औं रोपाइँ महोत्सव

सबैको साझा महोत्सव

समाधान संवाददाता २०८० असार १५ गते १२:४४

पोखरा महानगरपालिका वडा नम्बर १३ र २८ को सिमानामा १८ औं असारे रोपाइँ महोत्सव २०८० हुँदै छ । पोखरा पर्यटन परिषद्को अगुवाईमा हुने महोत्सवको स्थानीय रुपमा गरिने व्यवस्थापनका लागि दुबै वडाका जनप्रतिनिधि तथा कृषि सञ्जालको प्रतिनिधिको संयुक्त बैठक बसेर योजना बनाएर काम गरेका छौं ।

विगतमा भएका महोत्सवका प्राविधिक रुपमा भएका कमी, कमजोरी अहिलेको महोत्सवमा दोहोरिन नदिन चनाखो भएर लागेका छौं । आगामी वर्ष गरिने महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि समेत अहिलेको महोत्सवले ज्ञान दिन सक्ने गरी मसिनो रुपमा लागिएको छ ।


महोत्सवमा आउने पाहुनाको स्वागत, सत्कारदेखि हिले दौड, धान रोप्ने प्रतियोगितालाई व्यवस्थित रुपमा गर्नका लागि स्थानीय स्तरबाट आवश्यक तयारी गरिएको छ । वडा अन्तर्गतका कालिका माझठानका आमा समूह तथा महिला कृषक समूहलाई ड्रेससहित महोत्सवमा सहभागी बन्न आमन्त्रण गरेका छौं । आमा समूह तथा महिला कृषक समूहका प्रतिनिधिले महोत्सवमा मौलिक असारे भाका गाउने तयारी गरिएको छ । वडाकी ज्येष्ठ नागरिक शोभावती भण्डारी समेतले महोत्सवमा असारे गीतको भाका प्रस्तुत गर्ने तयारी छ ।

Advertisement


ग्रामीण क्षेत्रको वडा भएकाले कृषि क्षेत्रको प्रवद्र्धनका लागि वडा कार्यालयले ध्यान दिएको छ । वडाको सीमाना क्षेत्रमा भएको महोत्सवले परम्परागत कृषि प्रणालीको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सघाउनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया