पाेखराका भुवन इक्यानकाे केन्द्रीय उपाध्यक्षमा चुनाव लड्दै

समाधान संवाददाता २०८० असार २३ गते १८:२०

पाेखराका शैक्षिक परामर्श दाता भुवन क्षेत्री देशैभरका शैक्षिक परामर्शदाताहरुकाे छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को केन्द्रीय उपाध्यक्ष बन्ने बाटाेमा अघि बढेका छन् ।

इक्यानकाे आसन्न अधिवेशनमा क्षेत्रीलाई उपाध्यक्ष पदमा उठाउने निर्णय इक्यान कास्कीले गरेकाे छ । इक्यान कास्कीका पूर्व अध्यक्ष र हाल सल्लाहकार समितिका सभापति रहेका क्षेत्रीलाई संघको आसन्न निर्वाचरमा उपाध्यक्षमा उम्मेदवार बनाउने घोषणा इक्यान कास्कीका अध्यक्ष रमेश थापाले गरेका हुन् । अध्यक्ष थापाले इक्यान केन्द्रलाई सम्बाेधन गरेर कास्की शाखाले गरेकाे निर्णयका बारेमा लिखित जानकारी नै गराएका छन् ।

इक्यान अन्तर्गतका शाखाहरुको प्रतिनिधित्व गर्दै इक्यानमा आफूले उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको उपाध्यक्षकाे उम्मेद्वार बन्न लागेका क्षेत्रीले समाधानलाई बताए ।

Advertisement

इक्यानमा देशभरका शैक्षिक परामर्श व्यवसायीहरुको प्रतिनिधित्व हुन जरुरी छ, शाखाहरुले पनि इक्यानमा अपनत्व महसुस गर्न सक्नुपर्छ भनेर उमेद्वारी दिन लागेकाे र देशैभरका साथीहरुकाे शुभेच्छा रहेकाे क्षेत्रीले बताए ।

इक्यानको अधिवेशन यही असार ३० गते काठमाडौंमा हुँदैछ । क्षेत्री पाेखराकाे टार्गेट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सस्थापक एवं सञ्चालक हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया