पृथ्वी राजमार्ग विस्तार याेजना

पाेखरा महानगरद्वारा मापदण्ड मिचिएका संरचना भत्काउन सुरु

समाधान संवाददाता २०८० असार २५ गते १४:१४

पोखरा ।

पाेखरा महानगर पालिकाले पृथ्वी राजमार्गकाे दायाँ बायाँ मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेकाे छ । मुग्लिन सडक विस्तार गर्नका लागि साइट क्लियर गरिदिन पाेखरा महानगर पालिकाले साेमबारबाट डाेजर लगाउन थालेकाे हाे ।

पहिलाे दिन पृथ्वीचोकदेखि विजयपुर खोलासम्म सडक दायाँ-बायाँको संरचनामा डोजर लगाएर भत्काइदै छ । सडककाे मापदण्ड भित्र बनेका संरचनामा डाेजर लगाउदाँ स्थानीयले कुनै अवराेध गरेका छैनन् ।

Advertisement

एसियाली विकास बैंक (एडिबी) को रिण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गतकाे पोखरा–मुग्लिन सडक खण्ड बिस्तार गरी डेडिकेट ४ लेको बनाइँदैछ। सडक विभागकाे मापदण्ड अनुसार पोखरा खण्ड ४६ मिटर चौडाइ हुनेछ। यह साइट क्लियर पार्न डाेजर चलाइएकाे हाे ।

चिनिया ठेकेदारले बाटाे बनाउने काम गरिरहेको छ । सम्झाैता गर्ने बेलामा सडककाे साईट नेपाल सरकारले क्लियर गरिदिनु पर्नेछ । सोही अनुसार पाेखरा महानगरले आफ्नो पालिकामा पर्ने सडकको मापदण्ड अनुसारकाे साईट क्लियर गर्न सुरु गरेको पाेखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

Advertisement

पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा महानगरभित्र मात्रै १७० घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ। जसमा हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण गरिसकेको सडक आयोजनाको पश्चिम खण्ड प्रमुख अमित श्रेष्ठले जानकारी दिए। उक्त संरचनाका १३० जना घरधनी रहेकोमा हालसम्म ८४ जनाले मुआब्जा बुझिसकेका छन्। 

तपाईको प्रतिक्रिया