अम्बर गुरूङ पुरस्कार कोषमा बेल्जियमबाट ८८ हजार

समाधान संवाददाता २०८० असार २७ गते ११:४१

पोखरा ।

पाँच दशकसम्म गीत–संगीतमा निरन्तर साधनारत रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका अम्बर गरुङको सम्मानार्थ पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पुरस्कार अक्षयकोष वृद्धिका लागि बेल्जियमबाट ८८ हजार २ सय ७८ सहयोग प्राप्त भएको छ ।


बेल्जियम निवासी मीन गुरुङको संयोजकत्वमा बेल्जियम नेपाली समाजले उक्त रकम पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य संगीतकार,गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे ।

Advertisement

पोयुसाँपका सदस्य समेत रहेका मिन गुरुङको पहलमा बेल्जियम निवासी ओमराज गुरूङ, अनिता घले, अस्मिता घले, मन्दरा गुरूङ, बबिता गुरूङ, नन्दराज घले दुर्गा गुरूङ, चन्द्रा गुरूङ, उमा गुरूङ , ज्योती गुरूङ, अर्जुन शाही, भगवान गुरूङ,, राम गुरूङ, कमल गुरूङ, चन्द्रकुमार गुरूङ, पुष्पा गुरुङ, धनकाशी गुरूङ, अमृता, पुना कटवाल, कविता साउदेन, बलराम पुन, गडुलध्वज गुरूङ, भरत तामाङ, अमर राना, देवी गर्वुजा पुन, मिन पुन, शान्ति पुन लगायतले सहयोग गरेका थिए ।

करिब १९ लाख जम्मा भइसकेको कोषमा २५ लाख पुर्‍याउने लक्ष्य

Advertisement


देश विदेशमा रहेर नेपाली गीत, संगीत, गायन र वाद्यवादनमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्न ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भई सञ्चालनमा आएको छ । नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार संस्थाद्वारा पहिलोपटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशकभन्दा बढी समयदेखि अनवरत रुपले साधनारत गीतकार किरण खरेललाई प्रदान गरिएको छ ।


करीब ५ वर्ष अघि भेटरान ग्रुप हङकङले गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’ कार्यक्रम आयोजना गरेको थियो । हङकङमा आयोजित उक्त कार्यक्रमबाट बचत भएको रकम ५ लाख रुपैयाँ अम्बर गुरुङको नाममा पुरस्कार स्थापना गर्न यस परिवारलाई हस्तान्तरण गरिएको थियो । ३ वर्षअघि पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नामक कार्यक्रम अयोजना गरेको थियो । उक्त कार्यक्रमबाट वचत भएको रकम २ लाख ५० हजार पनि सोही कोषमा थपिएको थियो ।


कोष वृद्धिका लागि नेपथ्यले १ लाख, नेपालयले एक लाख, पलेटीले १ लाख र संगीतकार, गीतकार तथा गायक विक्रम गुरुङले व्यक्तिगत तर्फबाट पनि १ लाख रुपैयाँ, नमस्ते ब्यान्डले ७७ हजार रुपैयाँ सहयोग गरिसकेका छन् । हालसम्म उक्त कोषमा करिब १९ लाख जम्मा भइसकेको छ । २५ लाख पुर्‍याउने लक्ष्य लिएको उक्त कोषमा अझै पनि विभिन्न व्यक्ति र संघसंस्थाबाट सहयोग आउने क्रम जारीरहेको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं पुरस्कार स्थापना समितिका संयोजक सरूभक्तले बताए ।

तपाईको प्रतिक्रिया