प्रधानमन्त्री प्रचण्डलाई पत्नी शाेक

कस्केली पुत्री सिता दाहालको आजै अन्त्यष्टी गरिने

समाधान संवाददाता २०८० असार २७ गते १२:५८

पाेखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको अन्त्यष्टी आजै गरिने भएकाे छ । आज विहान राजधानी स्थित नर्भिक अस्पतालमा अन्तिम सास लिएकी दाहालकाे पशुपति आर्यघाटमा दाहसस्कार गर्ने तयारी गरिएकाे छ ।

वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।

Advertisement

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् ।

Advertisement

पछिल्लाे समय पार्किन्सनकाे बिरामीबाट थलिएकी दाहाललाई बुधबार विहान हर्ट अट्याक्ट भएपछि नर्भिक अस्पताल लगिएकाे थियाे । तर चिकित्सककाे प्रयास सफल हुन सकेन । अहिले माओवादीकाे मुख्यालय पेरिसडाँडामा उनकाे पार्थिव शरिरमा श्रद्धाञ्जली दिन कार्यकर्ता एवं‌ शुभचिन्तककाे भिड लागेकाे छ ।

तपाईको प्रतिक्रिया