भानुभक्तीय रामायण वाचन प्रतियोगिता

समाधान संवाददाता २०८० असार ३१ गते ११:३४

पोखरा ।
२१० औं भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्त क्याम्पस, व्यास १ तनहुँको आयोजनामा भानुभक्तीय रामायण वाचन प्रतियोगिता भएको छ । प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थी सहभागी भएका थिए ।


प्रतियोगितामा आदिकवि भानुभक्त माध्यमिक विद्यालय, तनहुँका छात्रा नमुना पन्थी प्रथम, बाल मन्दिर माध्यमिक विद्यालय, तनहुँका छात्राद्वय रोशा रसाइली र अनिषा घर्ती द्वितीय र गोगन माध्यमिक विद्यालय कास्कीकी छात्रा सुजाता पौडेल तृतीय बने ।


प्रतियोगितामा महर्षि वेदव्यास मावि तनहुँका श्रेयन आचार्य र शिव मावि तनहुँकी सुनयना पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रोत्साहन पुरस्कार स्वाधीनता पौडेललाई प्रदान गरियो ।

Advertisement


प्रतियोगिताका विजयी विद्यार्थीलाई आदिकवि भानुुभक्त क्याम्पसका सञ्चालक समितिका अध्यक्ष बुुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खाले, नेपाली विभागका प्रमुख विजयराज खनालले संयुक्त रुपमा पुुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।


कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको बताउँदै उनको योगदान चीरकाल पर्यन्त जीवन्त रहने बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाली विभाग प्रमुख विजयराज खनाल लगायतले यस किसिमका प्रतियोगिताले भानुभक्तको योगदानको स्मरणसँगै साहित्यिक गतिविधि जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया