मानव धर्म सेवा समितिमा कविता प्रतियोगिता

समाधान संवाददाता २०८० साउन १ गते ११:४०

पोखरा ।

नेपाल मानव धर्म सेवा समिति कास्कीले भानु जयन्तीको अवसरमा महानगरपालिकास्तरीय अन्तर विद्यालय कविता प्रतियोगिता शनिबार आयोजना गरेको छ । प्रतियोगितामा पोखरा आदर्श सेकेन्डरी स्कुल, बगरकी संस्कृति सुवेदी प्रथम, विन्दवासिनी मावि, बाटुलेचौरकी नितिशा भट्टराई द्वितीय, हिमाञ्चल बोर्डिङ स्कुलका शुभम लामिछाने तृतीय र सत्य साई विद्याश्रमका शुभम केसीले सान्त्वना पुरस्कार हासिल गरेका थिए ।


उक्त कार्यक्रममा ओम उपाध्यायले संस्थाले गरेका महत्त्वपूर्ण कार्यहरुको डकुमेन्ट्री प्रदर्शन गर्दै युवावर्गलाई मानव धर्म र सेवा कर्ममा जुट्न आग्रह गरे । प्रतियोगिताको निर्यायकमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ नारायण मरासिनी, छन्द कवि तथा प्राध्यापक शिव त्रिपाठी, सप्तरंगी साहित्यिक प्रतिष्ठानकी अध्यक्ष अम्बिका भण्डारी रहेको जानकारी संस्थाका सहसचिव धीरेन्द्र चौधरीले दिए । उक्त प्रतियोगितात्मक कार्यक्रमको सञ्चालन रेडियो अन्नपूर्णकी कार्यक्रम प्रस्तोता एवं पत्रकार कविता श्रेष्ठले गरेकी थिइन् ।

Advertisement


नेपाल मानव धर्म सेवा समिति, गण्डकी प्रदेश प्रमुख पीताम्बरा वाइजेको सभाध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितात्मक कार्यक्रममा संस्थाका सचिव होमनाथ निरौलाले स्वागत मन्तव्य राखेका थिए । संस्थागत परिचय नेपाल मानव धर्म सेवा समिति, कास्कीका अध्यक्ष साधुराम सिग्देलले राखेका थिए । नेपाल मानव धर्म सेवा समिति, कास्कीले संस्थाको वार्षिक कार्यतालिका अनुरुप मानव धर्म, सेवा, लगायत मानव कल्याणकारी लोकभावना जगाउने सेवामुखी कार्यहरु गर्दै आइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया