हतियारसहित एक जना पक्राउ

समाधान संवाददाता २०८० साउन १ गते १२:३३

पोखरा ।
स्याङ्जाको भीरकोट नगरपालिका ७ चिउरीखर्क बस्ने ४० वर्षीय यमबहादुर गुरुङलाई आइतबार अवैध एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।


गुरुङको साथबाट फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बनाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थानसमेत बरामद भएको प्रहरीले जनाएको छ ।


आफ्नै १७ वर्षीया छोरीलाई घरायसी विवादको विषयलाई लिएर धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरीले खुकुरी खोजी गर्ने क्रममा उक्त अवैध हतियारसमेत फेला पारी उनलाई पक्राउ गरेको हो ।

Advertisement


घाइतेलाई उपचारको लागि भीरकोट नगर अस्पताल पठाएकोमा सामान्य उपचारपश्चात थप उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया