फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

समाधान संवाददाता २०८० साउन ४ गते १३:०२

जोमसोम ।

सर्वोच्च अदालतले १४ वर्ष कैद फैसला गरेको व्यक्ति मंगलबार काठमाडौंको गोकर्णेश्वर ८ अत्तरखेलबाट पक्राउ परेका छन् ।०७२ भदौ ५ मा १४ वर्ष कैद सजाय तोकिएका थासाङ गाउँपालिका २ मुस्ताङ घर भई काठमाडौं जोरपाटी बस्ने ४६ वर्षीय सम्राट शेरचन ८ वर्षपछि पक्राउ परेका हुन् ।


उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौं र मुस्ताङ प्रहरीको समन्वयमा कर्तव्य ज्यानका प्रतिवादी शेरचनलाई पक्राउ गरिएको हो । राधा पुनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सम्राट शेरचनसमेत भएको कर्तव्य ज्यान (२०६६ साल ) को फौजदारी मुद्दामा मुस्ताङ जिल्ला अदालतले २०६७ माघ २७ मा शेरचनलाई १६ महिना कैद सजाय सुनाएको थियो ।

Advertisement


सो फैसलाउपर पुनरावेदन अदालत बागलुङबाट प्रतिवादी शेरचनको हकमा जिल्ला अदालत मुस्ताङको यसअघिको फैसला बदर भई २०७२ सालमा शेरचनलाई सर्वस्वसहित जन्म कैंदको फैसला भएको थियो । पुनरावेदन अदाललतको फैसलापछि मुद्दा सर्वोेच्च अदालत सम्म पुगेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया