थाक खेलकुद तथा सांस्कृतिक विकास संघको अध्यक्षमा कृष्णकुमार,उपाध्यक्षमा कमला सर्वसम्वत निर्वाचित

समाधान संवाददाता २०८० साउन ६ गते १९:४१

जोमसोम—मुस्ताङको तीन वटा पालिका समेटिएको ५० औं वर्ष पुरानो गौरवमय थाकखेल तथा सांस्कृतिक विकास संघको आठौं अध्यक्षमा कृष्णकुमार शेरचन सर्वसम्वत निर्वाचित भएका छन् । शेरचन थासाङ गाउँपालिका—२ कोवाङका स्थायी बासिन्दा हुन् ।
संघको ५० औं साधारण सभा तथा १३ औं अविवेशनले शेरचनलाई सर्वसम्मत निर्वाचित गरेको हो । शेरचनको एकल उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । निर्वाचित अध्यक्ष शेरचन समाजसेवीका साथै निर्माण व्यवसायी हुन् ।
यसैगरी संघको अधिवेशनबाट घरपझोङ—२ मार्फाकी कमला अधिकारी लालचन सर्वसम्वत उपाध्यक्ष पदमा निर्वाचित भईन् । उपाध्यक्षमा पनि लालचनको एकल उम्मेदवारी परेपछि उनलाई निर्वाचन मण्डलले निर्वाचित भएको घोषणा गरेको थियो । उपाध्यक्ष लालचन भोङमोर साना किसान सहकारी संस्थाकी अध्यक्ष हुन् । विभिन्न समाज सेवा तथा महिला सशक्तिकरणमा पनि सक्रिय छिन् ।
निर्वाचित भएसंगै अध्यक्ष कृष्णकुमार शेरचनले संघको कार्यसमिति सन्तुलित र उर्जावान क्षमताका व्यक्तिलाई समेटेर लैजाने बताए । उनले आफु चुनौती पहाडहरुको सामना गर्दे अघि बढ्ने उल्लेख गरे ।
गौरवमय मुस्ताङको थाक खेलकुदको ईतिहाँस हाम्रा अंग्रज पुर्खाहरुको ठुलो सम्पती भएकाले आफुले अहिलेको विषम परिस्थितीको बोझ बोक्न तयार रहेको नवनिर्वाचित अध्यक्ष कृष्णकुमार शेरचनले उल्लेख गरे ।‘५० औं सस्करण सम्म अनवरत प्रतियोगिता आयोजना हुनु कुनै जोक्स होईन ,अंग्रजहरुले थाक खेलकुदलाई पछ्याउँदै यहाँसम्म ल्याए,’अध्यक्ष शेरचनले भने,‘यो धेरै कठिन परिस्थिती र संघर्षले आर्जेको सम्पती हो, यसलाई अझै परिस्कृत,समय सापेक्षी र आर्थिक व्यवहार घटाउने तरिकाले नयाँ कार्ययोजना तयार गछों ।’ सबैको साथ,सहयोग र सर्मथनले मात्रै गौरवमय थाक खेलकुद तथा सांस्कृतिक विकास संघको गौरवगाथालाई जिवन्त राख्न सकिने उनले बताए ।
थाक खेलकुदको १३ अधिवेशनको बन्द शत्रको निर्वाचन मण्डलमा पूर्वअध्यक्ष चन्द्रमोहन गौचन, सारदा शेरचन,फलेन्द्र थकाली,शर्मिला गुरुङ,दिपक लालचन,महेन्द्र गौचन,अवन तुलाचनर जुनी थकालीलाई चयन गरिएको थियो । मुस्ताङको थाक खेलकुद तथा सांस्कृतिक विकास समितिमा १५ जनाका कार्यसमिति रहने व्यवस्था गरेको छ भने ३ पालिकाका ८ वटा क्लव अध्यक्ष स्वतः पदेन सदस्य हुने व्यवस्था विधानमा उल्लेख छ ।
नयाँ निर्वाचित अध्यक्ष कृष्णकुमार शेरचन र उपाध्यक्ष कमला लालचनलाई थाक खेलकुदका निर्वमान अध्यक्ष चन्द्रमोहन गौचनसहित थाक खेलकुदको पूर्व प्रदाधिकारीहरु,घरपझोङ गापाका अध्यक्ष मोहनसिंह लालचन र थासाङका अध्यक्ष प्रदीप गौचन र उपाध्यक्ष सोमल हिराचन लगायतले अबिर र खाँदा लगाएर बधाई दिएका थिए ।
यसअघि संघको साधारण सभा तथा अधिवेशनमा संघका निर्वतमान सचिव दिपक लालचनले सांगठनिक प्रगती प्रतिवेदन र संघकी निर्वतमान कोषाध्यक्ष शर्मिला गुरुङले आर्थिक प्रतिवदेन प्रस्तुत गरेकी थिईन । संघको बन्द शत्रले आगामी संघको विधानमा वरिष्ठ उपाध्यक्ष र सहसचिव थप गर्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको छ ।

यस अघि थाक खेलकुदको ५० औं साधारण सभा तथा १३ औं अधिवेशनको संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले उद्घाटन गरेका थिए । अधिवेशन सफलताको कामना गर्दै संविधान सभा सदस्य गुरुङले थाक ख्लकुद प्रतियोगिता मुस्ताङीहरुको गौरवको शान भएको उल्लेख गरे। ‘ हामी आफै अनुशासित र मर्यादित हुन पर्छ,उनले भने,‘ हामी आफैले खेललाई विवादित बनाउन खोज्छौं,यसले मुस्ताङलाई फाईदा पुग्दैन ।’ उनले थाक खेलकुद मुस्ताङको ज्युउँदो ईतिहाँस भएकाले यसलाई कालान्तरसम्म बचाएर राख्नु पर्ने बताए ।कार्यक्रममा जिसस प्रमुख माया गुरुङ,घरपझोङका अध्यक्ष मोहनसिंह लालचन,थासाङका अध्यक्ष प्रदीप गौचन,माओवादी केन्द्रका प्रतिनिधि धिरेन्द्र ल्वागुन ,रेडक्रस सभापती चन्द्रबहादुर थकाली,निर्मल स्पोर्टि क्लवका अध्यक्ष महेन्द्र गौचन लगायतका अधिवेशन सफलताको शुभकामना प्रकट गरेका थिए ।

मुस्ताङको कालिगण्डकी तटीय क्षेत्रको थाक खोलाका थकालीहरुको गौरवमय थाक खेलकुदलाई यहाँका स्थानीयले महाउत्सवका रुपमा लिने गरेको पाईएको छ । २०२७ सालमा स्थापना भएको थाक खेलकुद तथा सांस्कृतिक विकास संघको थाक खेलकुदले गतवर्ष थासाङ—५ कुञ्जोमा ५० औं स्वर्ण जयन्ती मनाएको थियो ।यद्यपी थाक खेलकुदको ५० औं सस्करणमा आईपुग्दा कोभिड माहामारीले २०७७ र २०७८ सालमा दुई संस्करण प्रतियोगिता रोकिएको थियो ।
थाक खेलकुदको ५० औं सस्करणसम्म आईपुग्दा हालसम्म ७ जनाले अध्यक्षको नेतृत्व लिएका थिए । क्षेत्र बहादुर थकाली, विष्णुराज हिराचन,रुद्र प्रसाद शेरचन,रोमी गौचन थकाली,कृष्णलाल भट्टचन,प्रेमप्रसाद तुलाचन र चन्द्रमोहन गौचनले थाक खेलकुदको बागडोर सम्हालेका थिए ।थाक खेलकुदमा अध्यक्ष बनेका ७ जना मध्ये ३ जनाको स्वर्गारोहण भईसकेको छ ।
मुस्ताङमा तिब्बती खम्पाहरुको आंतक चलिरहेको बेला थाक खेलकुदलाई जन्म दिएका थिए । यसअघि थाक खोला क्षेत्रको जोमसोमदेखि तलका गाउँ वस्तीहरु गावैमा सीमित रुपमा खेल खेल्ने गरिएकोमा त्यसलाई जिल्ला स्तरीय थाक खेलकुदको नामाकरण गरिएको थियो ।
सुरुवाती चरणमा फुटबल खेलबाट सुरु भएको थाक खेलकुदको ईतिहाँस त्यसपछि भलिबलमा परिणत गरिएको थियो । पछिल्ला संस्करणमा थाक खेलकुदलाई रुपान्तरण गर्दे विभिन्न ईभेन्टहरु थपिएका थिए । थाक खेलकुदमा भलिबल,आर्चरी,मिस मुस्ताङ ,थकाली गीत र नृत्य, लोक नृत्य र गायन प्रतियोगिता आदी समावेश हुँदै आईरहेको छ । विभिन्न व्यक्ति,संघ,संस्था र निकायहरुबाट आर्थिक संकलन गरेर प्रतियोगिता आयोजना हुने गरेको छ ।
थाक खेलकुदको ५० औं साधारण सभा तथा १३ औं अधिवेशनको बन्द शत्रमा निर्मल स्पोर्टिङ क्लव लेतेले अन्तर क्लवहरुको आम्दानीको श्रोत न्युन भएकाले साविकका ईभेन्टहरुलाई नयां ढंगले सोच्नुपर्ने बेला आएको बताएका छन् ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया