अखिल क्रान्तिकारी नेता प्रकाश पक्राउ

समाधान संवाददाता २०८० साउन ८ गते ११:२५

पोखरा ।
कास्की प्रहरीले अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोलालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय कार्यालय सदस्य एवं पश्चिम गण्डकी ब्युरो इन्चार्ज बास्तोलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।


जिप्रका कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बास्तोला पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘उहाँविरुद्ध निवेदन परेपछि नियन्त्रणमा लिएका हौं । सोधपुछ जारी छ । थप कुरा अनुसन्धानपछि आउँला ।’
बास्तोलाविरुद्ध केही विद्यालय सञ्चालकले निवेदन दिएपछि प्रहरी नियन्त्रणमा लिएको बुझिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया