वाद्यवादन यन्त्र प्रदान

समाधान संवाददाता २०८० साउन ८ गते १२:५६

पोखरा ।
मादी गाउँपालिका वडा ६ को कार्यालयले संस्कृति संरक्षणमा सघाउन वाद्यवादनका समाग्री सहयोग गरेको छ । वडाध्यक्ष दिलबहादुर क्षेत्रीको अगुवाईमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको सहयोगमा मादी ६ का बाजा समूहलाई १ सेट नौमती बाजा सहयोग गरेको हो ।


यस्तै, २ भजन समूहलाई पनि वडाको तर्फबाट २ सेट वाद्यवादन समाग्री हस्तान्तरण गरिएको छ । उनले सो समूहबाहेक आमा समूहलाई लक्षित गरी एक टोल, एक मादल वितरण गरिएको बताए । ‘हामीले हाम्रो वडामा रहेको मौलिक कला, संस्कृति संरक्षण र उजागर गर्ने हेतुले वाद्यवादन समाग्री सहयोग गरेका हौं,’ वडाध्यक्ष क्षेत्रीले भने ।

Advertisement

तपाईको प्रतिक्रिया