३५९ औं काव्य सन्ध्या

समाधान संवाददाता २०८० साउन ८ गते १३:१३

पोखरा ।

पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ५९ औं शृंखला शनिबार भएको छ । साउन महिनाको पहिलो शनिबार परिवारले नियमित शृंखलालाई छन्द विशेष बनाएको हो ।


कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले आफ्ना सृजना सुनाउन पोखरेली युवा साँस्कृतिक परिवारको मञ्च प्रयोग गरेको बताइन् । साहित्यकार सरस्वती श्रेष्ठ ‘सरू’ले पोयुसापलाई अब आउने कुनै शृंखलामा बाल कविता विशेष बनाउन सुझाव दिइन् ।

Advertisement


कार्यक्रममा छविलाल आचार्य, वसन्त चालिसे, रमा खतिवडा, शिव संकल्प, शुभ शर्मा, जिज्ञासु सापकोटा, तारानाथ पराजुली, संयोग बस्याल, निकेश गिरी, अव्यग्र अस्मित, केशव ज्ञवाली, सागर केसी कविता सुनाएका थिए । परिवारका उपाध्यक्ष रीता अधिकारको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव शिव त्रिपाठी र साहित्य संयोजक शरण आँसुले समेत बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया