सिर्जना आलोककाे २० औं अंक सार्वजनिक

समाधान संवाददाता २०८० साउन ८ गते १४:२७

पोखरा ।

साहित्य शृंखला पोखराको २ सय ५० औँ नियमित रचनावाचन एवं सिर्जना आलोकको २० औँ अंक शनिबार सार्वजनिक गरिएको छ । सिर्जना आलोक साहित्य शृंखलाले प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका हो ।


समीक्षक प्रेमनारायण ढकालले सिर्जना आलोकले देशका समसामयिक समस्या उठान गर्ने र निमुखाको आवाज बन्ने प्रयत्न गरिरहेको बताए । उनले धेरै उतारचढाव झेलेको आलोकको भाषाको शुद्धिकरणमा थप ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

Advertisement


संस्थाका सल्लाहाकार रामराज रेग्मीले होचिमिन्हको नेपाली अनुवाद कविता वाचन सुनाए । उनले अन्य संस्थाभन्दा शृंखला अलि भिन्न रहेको र यसले सीमान्तकृतको पक्षमा प्रगतिशील सिर्जनालाई ध्यान दिनुपर्नेमा जोड दिए ।


संस्थाका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तारा तिमल्सिना, सचिव काजी गाउँले, लक्ष्मीप्रसाद पौडेल, विष्णुप्रसाद बाँस्तोला, सीता बराल भण्डारी, शिवप्रसाद गौतम, छविलाल आचार्य, कल्याण पन्त, नरेन्द्र रानाभाट, वसन्त चालिसे ढाकामोहन बराल, प्राडा भवानी पाण्डे भाष्कर, संस्थापक स्ट्रगल राना, अग्रज कलाकार यादवचन्द्र भुर्तेल, प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’ लगायतले सिर्जना र धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया