लमजुङमा साढे ४ लाख नगदसहित २२ जुवाडे पक्राउ

समाधान संवाददाता २०८० साउन १९ गते १२:४२

पोखरा ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका ९ तल्लो पामचोकमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहरबाट खटिएको प्रहरी टोलीले जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट करिब साढे ४ लाख रुपैयाँ र कौडा बरामद भएको छ । पक्राउ पर्नेमा गोरखा र लमजुङका छन् भने पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन ।

विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ वटा भ्यानमा प्रहरी परिचालित थिए । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीलाई प्रहरीले केही दिनयता पछ्याइरहेको थियो ।

Advertisement

लमजुङका डीएसपी प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया