माउन्ट अन्नपूर्ण माविमा विद्यार्थी क्लबहरु गठन

समाधान संवाददाता २०८० साउन २३ गते ११:३६

पोखरा ।
माउन्ट अन्नपूर्ण माविमा व्यवस्थापन तथा होटल व्यवस्थापनमा कक्षा ११ र १२ मा पढ्न विद्यार्थी सम्मिलित विभिन्न क्लब गठन गरिएको छ । विद्यार्थीको नेतृत्व क्षमता तथा विविध पक्षहरुको विकासका सहयोग गर्न क्लबहरु बनाइएको हो ।


गेम्स एन्ड स्पोट्स क्लब संगम हितानको नेतृत्वमा बनेको छ भने सोसल सर्भिस क्लब सोयव अलीको अध्यक्षतामा गठन भएको छ । यस्तै, म्युजिक, आर्ट एन्ड लिटरेचर क्लब दिपेश आलेको नेतृत्वमा बनेको छ ।

क्लब अध्यक्षका उम्मेदवारहरु मतदानबाट पदाधिकारी चुनिएका हुन् । विद्यालयका संस्थापक प्राचार्य सइन्द्रराज श्रेष्ठ र एकेडेमिक डाइरेक्टर अशोककुमार शाहीले क्लव गठन तथा निर्वाचन प्रक्रियाले विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रिया र सामाजिकीकरणमा उत्प्रेरण दिने उल्लेख गरे ।

Advertisement


निर्वाचित पदाधीकारीलाई विद्यालयका पूर्व अध्यक्ष चिजकाजी गुरुङ र विद्यालयका एडमिनिस्ट्रेटर चित्रबहादुर गुरुङले सम्मान गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया