जेल भित्रै झडप, २ कैदीकाे मृत्यु

समाधान संवाददाता २०८० साउन २४ गते १२:०५

पाेखरा । संखुवासभा जिल्लाकाे सदरमुकाम खाँदबारी कारागारामा रहेका कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएको छ ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार आकाश बलामी र विनोद तोलांगीको मृत्यु भएको छ । आकाश चोरी र विनोद जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेकाहरू हुन् ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोज्दा नियन्त्रणमा लिएर भित्रै राखिएको थियो । त्यसलगत्तै भित्र कुटाकुट गरेपछि दुईजनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

Advertisement

घटनाको थप अनुसन्धान भइरहेको डीएसपी गोदारले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया