अटोमेटिक पेस्तालसहित लेकसाइडबाट एक जना पक्राउ

समाधान संवाददाता २०८१ वैशाख १३ गते १६:०९

पोखरा ।
वडा प्रहरी कार्यालय बैदामले अटोमेटिक पेस्तालसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक पक्राउ परेका हुन् । उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट प्रहरीले पक्राउ गरेको हो ।

लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार विक डाँका चोरी र लागु औषध मुद्दाका अभियुक्त समेत हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया