सफल घ्यूको अभियान

समाधान संवाददाता २०८० भदौ ४ गते १२:५७

पोखरा ।
सुजल डेरीले हरेक परिवारलाई घ्यूको मिठासयुक्त स्वादिलो परिकारमार्फत जोड्ने उद्देश्यले ‘मीठो स्वाद जिन्दगीको’ नामक अभियानलाई निरन्तरता दिएको छ । यो अभियानमार्फत व्यस्त जीवनशैली बीच घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले सम्पूर्ण परिवारलाई एक ठाउँमा ल्याउने विश्वास कम्पनीले राखेको छ ।


‘सन्तुलित खाना सबैको आवश्यकता भए पनि परिवारका हरेक सदस्यको फरक–फरक चाहनाका कारण घर–घरका गृहिणीहरूका लागि आफ्नो परिवारलाई पोषण पुर्‍याउनु चुनौती पूर्ण बनेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सफल घ्यूको स्वाद र सुगन्धले सबै जसो परिकारमा स्वाद बढाउने हुनाले परिवारका सम्पूर्ण सदस्यले सन्तुलित र पोषण युक्त परिकार मार्फत जोडिँदै थप स्वस्थ र स्फूर्त जिन्दगी जिउन सक्नेछन् ।’


सुजल डेरीको उत्पादन सफल घ्यू पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ । गाई तथा भैंसीको शुद्ध नौनी खारेर बनाइएको सफल घ्यू खाँदा मीठो हुनाका साथै स्वास्थ्यका लागि फाइदाजनक रहेका कारण परिवारको नियमित खानामा यसको प्रयोग राम्रो मानिने कम्पनीले जनाएको छ । ‘यसको दानेदार, सुगन्धित तथा पूर्ण रूपमा शुद्ध र पौष्टिक विशेषताका कारण विभिन्न चाडपर्व तथा समारोहहरूमा ताजा र मनै लोभ्याउने परिकार बनाउनको लागि यो उत्कृष्ट छ,’ कम्पनीले भनेको छ ।

Advertisement


घ्यू आफैमा शक्ति दायक भएकाले चिल्लो पदार्थको सर्वोत्तम विकल्प मानिन्छ । मात्र एक ग्राम घ्यूको सेवनले शरीरमा नौ क्यालोरी शक्ति र भिटामिन ए सँगै मानव शरीरलाई अत्यावश्यक फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘घ्यूको प्रयोग गरेर तयार पारिएको परिकार पाचन योग्य र शरीरका लागि गुणकारी रहन्छ र यसको उचित सेवनले मस्तिष्क विकासमा पनि टेवा पुग्ने विश्वास गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चिल्लो प्रति सजग रहने व्यक्तिहरूका लागि पनि घ्यूमा बनेको परिवार फाइदाजनक रहन्छ ।


आफ्ना विभिन्न उत्पादनहरूमार्फत निरन्तर सेवा दिँदै सुजल डेरीले आइएसओ २२००० एमटु २०१८ मापदण्ड प्राप्त गरेको छ । बदलिएको परिवेशमा घ्यूलाई नियमित भान्साको अभिन्न अंग बनाई सम्पूर्ण परिवारलाई सन्तुलित आहार मार्फत जोड्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया