मुस्ताङको कागबेनी बाढीले पू¥याएको क्षतिको विस्तृत तथ्यांक सार्वजनिक

सुन्दरकुमार थकाली २०८० भदौ ५ गते ९:२२
kagbeni badhi

जोमसोम— मुस्ताङको कागबेनीमा गत साउन २८ गतेको भिषण बाढीले पू¥याएको भौतिक क्षतिको विस्तृृत बिवरण सार्वजनिक गरिएको छ ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले सरोकारवालाहरु संग समन्वय गरी क्षति विवरण सार्वजनिक गरेको हो ।

स्थानीय तहको विपद् समितिले नेपाल रेडक्रस सोसाईटी,स्थानीयबासी,भाडामा व्यवसाय गरी बस्ने व्यक्ति,मजदुर ,कार्यालय र संघ /संस्थासंग क्षति बिवरण एकिन गरी तथ्यांक सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले उल्लेख गरे ।

वारागुङको स्थानीय विपद् व्यवस्थापन समितिले जिल्ला बाहिरबाट आएर काम गर्ने मजदुरको क्षति बिवरण,सरकारी तथा गैर सरकारी संघ/संस्थाको क्षति,भाडामा व्यवसाय गरी बस्नेको क्षति,सार्वजनिक संरचनाको क्षति,कृषि जन्यको क्षति र स्थानीयबासीको क्षति एकिन बिवरण सार्वजनिक गरेको हो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया