सुन तस्करी काण्डमा कास्कीका झलकराम पनि मुछिए, अध्यागमन महानिर्देशकाे जिम्मेवारीबाट हटाइयाे

समाधान संवाददाता २०८० भदौ ७ गते १४:५६

पाेखरा ।

नेपाल सरकारका सहसचिव एवं अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारी माथि विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न भएकाे आशंकामा अनुसन्धान गरिने भएकाे छ । गृहमन्त्रालयले छानबिनका लागि उनलाई अध्यागमनकाे महानिर्देशकबाट हटाएर गृहमन्त्रायकाे जगेडामा तानेकाे छ ।

सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ । दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ ।

Advertisement

कास्की ढिकुर पाेखरीका स्थायी बासिन्दा झलकराम सफल र सक्षम कर्मचारीका रुपमा चिनिन्थे । पाेखरा उपमहानगर पालिकामा द्ई पटक कार्यकारी प्रमुख बनेर काम गरेका अधिकारीले पाेखरामा सफल हाकिमकाे छवि बनाएका थिए । स्थानीय तह जनप्रतिनिधि विहिन भएको बेलामा अधिकारीले नगर प्रमुख कै रुपमा जिम्मेवारी सम्हालेका थिए ।

उनी राजस्व कार्यालयकाे प्रमुख हुँदा पनि बहुचर्चित बहुराष्ट्रिय कम्पनी एनसेलले छल्न खोजेकाे कर असुली गरेर चर्चामा आएका थिए । माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा राजस्व अनुसन्धानका डिजी भएका अधिकारीलाई ३ महिना मै हटाइएको थियो । राजस्व ठगी गर्ने एक जना उद्यमीलाई जोगाउन सत्तारुढ दलकी एक शक्तिशाली नेताकी श्रीमतीले दिएकाे दवाव नमानेर कारवाही अघि बढापछि अधिकारीलाई रातारात हटाइएकाे चर्चा त्यो बेला चलेको थियाे ।

Advertisement

माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि अर्थमन्त्रालयबाट उनी गृहमन्त्रालयमा सरुवा भएका हुन् । प्रधानमन्त्री प्रचण्ड पाेखरा आउदासँगै आएका अधिकारीले पाेखराका पत्रकारहरुसंग अब कुनै जिल्लामा प्रमुख जिल्ला अधिकारी बनेर सरुवा हुने चाहना रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया