मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष पोखरामा जुवा खालबाट पक्राउ

समाधान संवाददाता २०८० भदौ ८ गते ९:०५

पोखरा ।
पोखराबाट जुवा खेल्दै गरेका मुस्ताङको घरोपझोङ गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । पोखरा महानगरपालिका ८ सिर्जनाचोक स्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना पुरुषलाई बिहीबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।


जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरिएका वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बिहीबार पक्राउपछि अध्यक्ष लालचनले आफ्नो नाम मोहन थकाली भनेर भुकाएका प्रहरी स्राेतले जनायाे । उनिसहित मुस्ताङ घोरपझोङका ५७ वर्षीयका ईन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचनलाई पक्राउ परेका छन् । उनीहरु शुक्रबार म्याद थप गरी थप अनुसन्धान गरिने डीएसपी जोशीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया