पोखरा विश्वविद्यालयका उपप्राध्यापक बरालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

समाधान संवाददाता २०८० भदौ १३ गते १०:२७

पोखरा ।

पोखरा विश्वविद्यालयका उपप्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिबद्धता पेस गरी नन् टिचिङ एलाउन्ससमेत लिएको भेटिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरालविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।


भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उपप्राध्यापक बरालले अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट नन् टिचिङ एलाउन्ससमेत लिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

Advertisement


उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज उपर सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिई अख्तियारले मुद्दा दर्ता गराएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया