लेउवा संघ १४ औं अधिवेशन

‘रोल क्रममा आउनु मेरो गल्ती होइन’

भीमपाणि बराल २०८० भदौ १७ गते १२:२१

व्यावसायिक क्षेत्रमा प्रवेश गरेसँगै विगत १४ वर्षसम्म लेखनाथ उद्योग बाणिज्य संघमा रहेर काम गरिरहेको अनुभव मसँग छ । यसलाई बीच बाटोमा नै नछोडी अविरल बग्ने नदीका झै यस पटकको महाधिवेशनमा संघको जिम्मेवार भूमिका प्रथम उपाध्यक्षको उम्मेदवार बनेको छु । निरन्तर र अनवरत रुपमा २०६८ सालदेखि बिभिन्न उपसमिति सदस्य हुँदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपमहासचिव र महासचिवको भूमिकामा रहेर संघको वर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष रहेर काम गरिरहेको छु ।


यो अवस्थामा अब म काहाँ जाने हो र ? आम व्यवसायीमा म अनुरोध गर्न चाहन्छु–जसले मलाई यहाँसम्म ल्याउनु भयो, उनै अग्रजहरुले सोच्नुपर्ने होइन र ? मैले हरेक व्यवसायीका पीर, मर्कामा प्रत्यक्ष रुपमा सहभागी भएर साथ दिएको छु भने उनीहरुका समस्यालाई पनि नजिकबाट नियाल्ने मौका पाएको छु । आजका दिनसम्म इमान्दार भएर आफ्नो व्यववसायलाई भन्दा उद्योगी, व्यवसायीको हितका लागि काम गर्दा कहाँ मेरो कमजोरी रह्यो, त्यो औंल्याइदिए पुनः म सच्चिन तयारै छु ।


स्थापित सम्पूर्ण व्यवसायीको एकताका कारण देशकै क वर्गको उत्कृष्ट उद्योेग वाणिज्य संघ बन्न सफल भएको हो । अब त्यसलाई बचाई राख्नु हाम्रो कर्तव्य भएको छ । त्यही एकतालाई अझै मजबुत बनाउन फुटाएर होइन, जुटाएर लैजानुपर्ने सबक सिकाउनका लागि पनि मेरो उम्मेदवारी हो । संघको १४ औं महाधिवेशको प्रतिवेदनमा भएका भावी कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयन गर्नेदेखि घरभाडा सरोकार समिति गठन गर्ने र बजारमा देखिने घुमन्ते व्यवसायीलाई निरुत्साहित गराउनका लागि स्थानीय सरकारसँग सहकार्य गरी अगाडि बढ्ने मेरो योजनामा छ ।

Advertisement


लेखनाथ उद्योग बाणिज्य संघको ब्रान्ड भन्ने महोत्सव भएको छ । यो महोत्सवलाई कसरी परिस्कृत गर्न सकिन्छ भन्ने बारेमा आम व्यवसायीको भेला गरेर नयाँ योजनाका साथ अगाडि बढ्नु जरुरी भएको ठानेको छु । जितभन्दा पनि आफू आगामी कार्यकालका लागि काम गर्नका लागि अनुमोदित हुनेमा म विश्वस्त छु ।

Advertisement

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया