गृह मन्त्री श्रेष्ठले गरे बाढी प्रभावित क्षेत्र कागबेनीको निरीक्षण

सुन्दरकुमार थकाली २०८० भदौ १९ गते १३:५३

जोमसोम—उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ कागबेनी बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न राहत सामग्रीसहित मंगलबार बिहान मुस्ताङ आएका छन् । गृह मन्त्री श्रेष्ठसहितको टोलीले वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी स्थित बाढी प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गरे ।
उपप्रधान तथा गृह मन्त्री श्रेष्ठसहित गृह मन्त्रालयका प्रवत्ता नारायण भट्टराई, गृह मन्त्रालय अन्तर्गतका विपद् प्राधिकरणका सहसचिव एवं ईन्जिनीयर रामेश्वर मरठ्ठा र मन्त्री श्रेष्ठका प्रेस सल्लाहाकार कमल गिरीसहितको टोली नेपाली सेनाको हेलिमार्फत मुस्ताङ आएका हुन् । मन्त्री श्रेष्ठलाई माओवादीका जिल्ला ईञ्चार्ज कपिल लामा,संविधान सभा सदस्य श्रीमाया थकाली,वारागुङ मुक्तिक्षेत्र गापाका अध्यक्ष ÷उपाध्यक्ष रिङझिङ नाम्गेल गुरुङ,डिकी गुरुङ,जनप्रतिनिधि, प्रजिअ अनुप केसी, सुरक्षाकर्मी,कर्मचारी,विभिन्न संघसंस्थाका प्रतिनिधि र बाढी प्रभावित क्षेत्रका स्थानीय नागरिकसहितले स्वागत गरे ।
गृह मन्त्री श्रेष्ठले बाढी प्रभावित क्षेत्र कागबेनीको स्थलगत रुपमा अवलोकन तथा निरीक्षण गरेका छन् । अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई संविधान सभा सदस्य श्रीमाया थकाली,जिसस प्रमुख माया गुरुङ, गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङ,प्रजिअ अनुप केसी र कागबेनीका स्थानीय अगुवा फेञ्चोक छेप्तेन गुरुङ लगायतले गत साउन २८ गते कागखोलाको भिषण बाढीले पू¥याएको भौतिक क्षतिको विषयमा जानकारी गराए ।
बाढी प्रभावित क्षेत्र मुस्ताङको अवलोकन तथा निरीक्षणपछि मन्त्री श्रेष्ठले नेपालकै प्रसिद्ध धार्मिक स्थल कागबेनी श्राद्ध स्थलसहित यहाँका करोडौंको भौतिक संरचनामा क्षति पू¥याएकोमा दुख प्रकट गरे । गृह मन्त्री श्रेष्ठले मुस्ताङको कागबेनीमा कागखोला बाढीले पू¥याएको क्षति आफुले कल्पना गरेभन्दा बढी क्षति भएको उल्लेख गरे । नेपालकै सबैभन्दा महत्वपूर्ण धार्मिक तिर्थ स्थल कागबेनी रहेको र यहाँको पूननिर्माण विज्ञहरुको अध्ययनपछि योजना तयार गरेर बैज्ञानिक ढंगले सामाधान गर्न सरकारले पहल गर्ने गृह मन्त्री श्रेष्ठ बताए ।‘सर्वप्रथम यहाँको तत्काल गर्न सकिने समस्या सामाधानमा सरकार गम्भिर छ,जनतासंग तीन तहको सरकार साथमा छ ,’गृह मन्त्री श्रेष्ठले भने,‘ यहाँका आधारभुत आवश्यकता परिपूर्ती गर्न म अहिलेनै निर्देशन दिएको छु,बाटोघाटो,पुलपुलेसा,खानेपानी,संञ्चार र सिचाईलाई तत्काल समाधान गर्न सरकार अग्रसर रहन्छ ।’ गृह मन्त्री श्रेष्ठले यहाँका ऐतिहाँसिक धार्मिक स्थललाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्ने सरकारको गम्भिर ध्यानआर्कषण भएको बताए । यहाँको भौगोलिक अवस्थालाई अध्ययन गरेर पूननिर्माणको प्रक्रिया थालनी गरिने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए ।
बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आश्वत पार्दै गृह मन्त्री श्रेष्ठले नदी जन्य पदार्थले यहाँको बस्ती जोखिम रहेको गुनासो यतार्थपरक रहेको उल्लेख गरे । गृह मन्त्री श्रेष्ठले भने ‘ नदी उकासले बस्ती जोखिममा रहेको पाईयो,प्रकृति संरक्षण कोणबाट समग्र मानीय हित र सुरक्षा कोणबाट सन्तुलित ढंगले सोचेर काम गर्न आवश्यक देखियो,‘यो विषय गम्भिर विषय हो,यसलाई सरकारले कार्यसुचिमा राखेर गृहकार्य अघि बढाउनेछ ।’
एक अर्को फरक प्रशंगमा गृह मन्त्री श्रेष्ठले उत्तर÷दक्षिण ब्यापारिकमार्ग विस्तारित आयोजना अन्तर्गत कोरला सडक विस्तार भईरहेको र छिट्टै सरकारले कोरलानाका खोल्न छलफल भईरहेको जानकारी दिए ।सरकारले नाका खोल्न उपयुक्त पूर्वाधार र संरचना निर्माण गर्न पहल भईरहेको बताए । बेनी—जोमसो—कोरला सडकलाई बाह्रै महिना संञ्चालन गर्न सरकार गम्भिर रहेको मन्त्री श्रेष्ठले उल्लेख गरे । देशको प्रभावकारी सुशासनसहित आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउन मुस्ताङको विकास अपरिहार्य रहेको मन्त्री श्रेष्ठले औल्याए । सरकार मुक्तिनाथधामको बृहत्तर विका िर मुस्ताङको पर्यटन विकासमा सरकारले जोड दिने मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले सरकारले उपल्लो मुस्ताङलाई विविध कारणले फरक ढंगले लिने गरेको र सो स्थान एक्यापको निषेधित तथा नियन्त्रित क्षेत्र अन्र्तरगत रहेकाले त्यसलाई खुल्ला गर्न केही चुनौती रहेको बताए ।
वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले गृह मन्त्री श्रेष्ठको बाढी प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षणले जनतामा आशााको संञ्चार पलाएको बताए । उनले मुस्ताङको कागबेनी धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले यहाँका पूननिर्माणमा संघिय तथा प्रदेश सरकारको सहयोग प्राप्त हुने विश्वाश प्रकट गरे । प्रजिअ अनुप केसीले कागबेनी बाढी प्रभावित क्षेत्रको जियोलोजिक अध्ययन गरेर पूर्ननिर्माण गुरुयोजना लागु गर्न सरकारको ध्यानआर्कषण गराए । बाढी प्रभावितक्षेत्रका स्थानीय फेञ्चोक छेप्तेन गुरुङ धाराले कागबेनी धार्मिक स्थल पवित्र धार्मिक स्थल भएकाले यहाँका पूननिर्माणमा सरकारले चाँसो दिनुपर्नेमा जोड दिए ।
यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङ,प्रजिअ अनुप केसी,कागबेनी गाउँका अगुवा फेञ्चोक छेप्तेन गुरुङ र वारागुङ—३का वडाध्यक्ष बिनोद गुरुङले अलग÷अलग ज्ञापनपत्र गृह मन्त्री श्रेष्ठलाई बुझाएका थिए । मन्त्री श्रेष्ठले हेलिमार्फत ढुवानी गरिएको १० थान टेन्ट,त्रिपाल ३५ थान र कम्वल ५० थान बाढी पीडितहरुलाई दिन स्थानीय तहलाई हस्तान्तरण गरेका थिए ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा साउन २८ गते भिषण बाढीले करोडौंको भौतिक संरचना र करोडौंको स्याउबारीमा क्षति पुगेको थियो । प्रसिद्ध धार्मिक श्राद्धस्थल कागबेनीधाम,ईलाका प्रहरी कार्यालय,वडा कार्यालय,स्थानीयका होटल र घरहरु,सडक पुल आदीमा क्षति पुगेको थियो बाढीले १८ वटा सवारी साधन पूर्ण क्षति भएको थियो भने ३२ वटा चौपाया बाढीले बगाएको थियो । बाढीले कागखोला अनियन्त्रित हुँदा दर्जनौ घरहरुमा लेदोसहितको माटो पसेर क्षति पुगेको थियो भने गुम्बा विद्यालय र सामुदायिक विद्यालयमा पनि आशिंक क्षति पुगेको थियो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया