
जोमसोम— मुस्ताङ बाह्रगाउँ लोछोदुन सेवा संघ (काठमान्डौं) द्धारा संकलित नगद राहत ४० लाख ३५ हजार रुपैया रकम मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीका बाढी पीडित घरधुरी र विभिन्न संघसंस्थाहरुलाई बुधबार वितरण गरिएको छ ।
मुस्ताङको बाह्रगाउँ देखि माथि लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाबासी समेटिएको मुस्ताङ बाह्रगाउँ लोछोदुन सेवा संघ (काठमान्डौं)ले कागबेनीमा भौतिक रुपमै उपस्थित भएर बाढी पीडित घरधुरीहरुलाई नगदसहितको राहत रकम हस्तान्तरण गरेको होे ।
मुस्ताङ बाह्रगाउँ लोछोदुन सेवा संघ(काठमान्डौं)ले सेवा संघमा आवद्ध पदाधिकारी तथा सदस्य,बुद्धिजिविहरुको परामर्शमा कागबेनी बाढी पीिडतहरुको घाउमा मलम लगाउन आर्थिक राहत संकलन गरेको थियो । सेवा संघ काठमान्डौंले मुस्ताङबाट ३८ लाख २९ हजार ५९५ रुपैया र मनाङ समाजबाट २ लाख ५ हजार नगद राहत संकलन गरेको मुस्ताङ बाह्रगाउँ लोछोदुन सेवा संघ(काठमान्डौं)ले जनाएको छ । संस्थाले संघमा आवद्ध २२१ जना सहयोगदाताबाट आर्थिक राहत रकम संकलन गरेको थियो ।
मुस्ताङ बाह्रगाउँ लोछोदुन सेवा संघको प्रतिनिधित्व गर्दै संस्थाकी सदस्य एवं संविधान सभा सदस्य टसी स्याङ्वो गुरुङ,सदस्य भुपाल गुरुङ र सदस्य खुमसुङ गुरुङको टोली नगद राहत वितरण गर्न मुस्ताङ आएका थिए । उनीहरुले कागबेनी बस्ती पुनस्थापना तथा संरक्षण समितिका संयोजक फेञ्चोक छेप्तेन गुरुङ (धारा) लगायत समितिका सदस्यहरुको रोहबरमा बाढी पीडित घरधरी तथा संस्थालाई नगद राहत हस्तान्तरण गरेका हुन् ।
मुस्ताङ बाह्रगाउँ लोछोदुन सेवा संघ (काठमान्डौं)ले संकलित आर्थिक राहत रकम भौतिक रुपमै उपस्थित भएर पीडित घरधुरी र संस्थालाई हस्तान्तरण गरेको कागबेनी बस्ती पुनस्थापना तथा संरक्षण समितिका संयोजक फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । उनका अनुसार कागखोला बाढीले पूर्ण क्षति भएका ९ घरधुरीलाई जनही १ लाख ५० हजार, आशिंक क्षति भएका घरधुरीलाई जनही ७५ हजार नगद राहत हस्तान्तरण गरिएको हो । यस्तै, बाढीले पूर्ण क्षति भएका गोठका घरधुरीलाई जनही ३५ हजार र आशिंक क्षति भएका गोठका घरधुरीलाई जनही २५ हजारका दरले नगद राहत हस्तान्तरण गरिएको हो ।
यसका अलावा मुस्ताङ बाह्रगाउँ लोछोदुन सेवा संघ(काठमान्डौं)ले कागखोला बाढीले अन्य क्षति भएका २५ जनालाई जनही १५ हजारका दरले नगद राहत हस्तान्तरण गरेको बताईएको छ । यसैगरी कागबेनीका बाढी प्रभावित ज्याला मजदुरी गर्नेहरुलाई पनि २८ हजार नगद राहत वितरण गरेको छ ।
बाह्रगाउँ लोछोदुन सेवा संघ (काठमान्डौं) ले कागखोला बाढी पीडित संघसंस्था र कागबेनी भौतिक निर्माण समेत नगद राहत हस्तान्तरण गरेको छ । कागबेनी बस्ती पुनस्थापना तथा संरक्षण समितिलाई कागखोला व्यवस्थित गर्न ४ लाख २ हजार रुपैया राहत उपलब्ध गराएको छ । कागबेनी मिलन युवाक्लवलाई नगद १ लाख,कागछोदे गुम्बालाई २ लाख ७५ हजार,जनशान्ति माध्यमिक विद्यालयलाई ५० हजार, कागबेनी श्राद्धस्थल संरक्षण समितिलाई १ लाख र कागबेनी—तिरी जाने बाटोको चट्टान काट्न १ लाख रकम राहत हस्तान्तरण गरेको संस्थाकी सदस्य एवं संविधान सभा सदस्य टसी स्याङ्वो गुरुङले जानकारी दिईन ।
कागबेनी बाढी पीडित घरधुरीलाई राहत हस्तान्तरणका अवसरमा संस्थाकी सदस्य एवं सविधान सभा सदस्य गुरुङले कागबेनी बाढी पीडितको उद्दार तथा राहतका लागि मुस्ताङ बाह्रगाउँ लोछोदुन समाजले संकलन गरेको नगद राहत पीडितकै हातमा वितरण गरिएको बताईन् । प्राकृतिक विपद्को घडीमा मुस्ताङीहरु एकतावद्ध हुने गरेको उल्लेख गर्दै संस्थाकी सदस्य गुरुङले आफुहरुले वितरण गरेको आर्थिक रकमले थोरै भएपनि राहत प्रदान गर्ने विश्वाश व्यक्त गरिन् । उनले कागबेनीमा खोलाको च्यानल छोडेर मात्र संरचना निर्माण गर्न स्थानीयलाई आग्रह गरिन् । उनले बाह्रगाउँ लोछोदुन समाजले राहत संकलन अभियान चलाएको यसमा सबैको सहयोग प्रति धन्यवाद व्यक्त गरिन् । समाजले राहत तथा उद्दारमा सहयोग गर्न मनाङ समाजबाट पनि आर्थिक सहयोग मिलेको बताईन् ।
कागबेनी बस्ती पुनस्थापना तथा संरक्षण समितिका संयोजक फेञ्चोक छेप्तेन गुरुङले बाढीले विपद्मा परेको कागबेनीलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवादसहित आभार प्रकट गरे । उनले कागबेनी बाढी पीडितलाई गाउँ गाउँ र समाजहरुले सहयोग गरेको र संम्पूर्ण मुस्ताङबासीले पू¥याएको आर्थिक र भौतिक सहयोगप्रति कागबेनी गाउँ सदैव ऋणी रहने उल्लेख गरे ।
गत साउन २८ गते साँझ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको तटीय बस्तीमा कागखोला बाढीले करोडौको भौतिक संरचनामा क्षति पुगेको थियो । कागखोला बाढीले डेढ दर्जन घरहरुमा क्षति पुगेको थियो । बाढीले आमा समुह भवन,वडाकार्यालय,प्रहरी चौकी,युवाक्लव भवन,विद्यालय र कागबेनी श्राद्ध स्थलमा पनि ठुलो क्षति पू¥याएको थियो । बाढीले स्थानीयको गोठ, पशुचौपाया र सवारी साधन बगाएको थियो । कागबेनीमा निर्माणधिन पक्की पुलसहित अस्थायी ४ वटा पुल बाढीले बगाएर क्षति पुगेको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया