मनिषालाई डागर स्मृति पुरस्कार

पोखरा ।
युवा वैज्ञानिक मनिषा द्वा डागर स्मृति पुरस्कार २०८० बाट सम्मानित भएकी छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक द्वालाई साहित्यकार सरुभक्त, डागर स्मृति प्रतिष्ठानकी संरक्षक रमा पराशर लगायतले सम्मानित गरे ।
समाजसेवी राजन पराशर डागरको स्मृति दिवसमा बुधबार आयोजित कार्यक्रममा द्वालाई पुरस्कार अर्पण गरिएको हो । पुरस्कार राशि नगद १० हजार र सम्मानपत्र छ ।
कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषालाई अन्नपूर्ण आर्चरी क्लबकी सदस्य पनि हुन् । उनी यसअघि विज्ञान प्रविधिका क्षेत्रमा इमर्जिङ स्पेस लिडर्स सन् २०१६, विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार सन् २०२१ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छन् ।
कार्यक्रममा साहित्यकार सरुभक्तले कास्कीबाट खगोलशास्त्रमा काम गर्ने एकाधमात्र भएको जनाउँदै पृथक क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले साहित्य, समाजसेवा र मानवताको सीमा नहुने जनाउँदै डागर परिवारले यो प्रमाणित गरेको जनाए ।
पुरस्कृत व्यक्तित्व द्वाले गृहनगरले सम्झेकोमा खुसी हुँदै थप केही गर्ने ऊर्जा भरिएको जनाइन् । प्रतिष्ठानकी संरक्षक रमा पराशरले जन्म भारतमा भए पनि पोखराले आफूलाई सबै चिज दिएको जनाइन् । श्रीमान् राजनको निधनपछि एकल जीवन बिताइरहेकी रमाका कविता सञ्चयन र आत्मकथा प्रकाशित छन् ।
यो पुरस्कारबाट यसअघि समाजसेवी विश्वमोहन गौचन, चन्द्रा गुरुङ, रामबहादुर पौडेल, सोनाम साङ्पो, गोविन्दराज पहारी, आरएम डंगोल, भीम रानाभाट, हिमाली सांस्कृतिक परिवार, मानवसेवा आश्रमm डा तुलिका दुवे, सुमलकुमार गुरुङ लगायत सम्मानित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया