पोखरामा यामाहाको एएसपी र स्पेयर पार्ट्स प्रदायक मिट

पोखरा ।
यामाहाको नेपालस्थित आधिकारिक बिक्रेता एमएडब्लुले एएसपी र स्पेयर पार्ट्स मिट गरेको छ । असोज १० र ११ कार्यक्रम पोखरामा गरिएको थियो । कार्यक्रममा यामाहाका सबै एएसपी सञ्चालक र स्पेयर पार्ट्स प्रदायकहरू सहभागी रहे ।
एएसपीबाट १२० र स्पेयर पार्ट्सबाट १४० गरी २६० जनाको सहभागिता रहेको कार्यक्रममा एमएडब्लुका सिइओ राजु छेत्री समेत सहभागी थिए । कार्यक्रममा नेटवर्किङ, ज्ञान साझेदारी र सहकार्यको विषयमा अन्तक्र्रिया गरिएको थियो । कार्यक्रममा एएसपीका सदस्यहरुलाई बिक्रीपछि दिइने सेवा, गुणस्तरीय सेवाको बारेमा तालिम दिइएको थियो । स्पेयर पार्ट्स इन्चार्जलाई इन्भेन्टरी व्यवस्थापन, सवारी साधनको स्थायित्व र सवारको सुरक्षाका लागि वास्तविक स्पेयर पार्ट्सको प्रयोगको महत्वको बारेमा तालिम दिइएको थियो ।
सिइओ छेत्रीले कार्यक्रम गर्नुको प्रमुख उद्देश्यमाथि प्रकाश पार्दै एएसपीको नेटवर्कलाई अझै बिस्तार गर्नु रहेको बताए । उनले स्पेयर पार्टस बिक्रेताहरुको नेटवर्क पनि अझै अगाडि लैजान कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरे ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया