गण्डकी बहुप्राविधिक शिक्षलयले पायो एचए र फार्मेसी पढाउने अनुमति

समाधान संवाददाता २०८० असोज २४ गते १४:३८

पोखरा ।

पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राबिधिक शिक्षालयले एचए र फार्मेसी बिषयको अध्ययन अध्यापनको अनुमति पाएको छ । अब प्राविधिक शिक्षालयबाट सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, जियोमेट्रिक (अमिन) फरेष्टि, एचए र फार्मेसी गरी ६ बिषयको अध्ययन अध्यापन गराउन सक्छ ।

करिब दुई वर्षको निरन्तर मेहनतले एचए र फार्मेसीको अध्यायन पाउनु समग्र पोखराका लागि खुसीको क्षण रहेको शिक्षलयका कार्यकारी निर्देशन लक्षमण तिमिल्सनाले बताए । ‘यो हाम्रो मेहेनतले सार्थकता पाएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयमा यसै शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी सिटीभिटी इन डिप्लोमा इन फार्मेसी र प्रमाण पत्र तह सामान्य चिकित्सा (एचए)को भर्ना फाराम समेत खुला गरेको छ,’ तिमिल्सिनाले भने ।

Advertisement


यस्तो छ, शैक्षिक सत्र २०८०÷८१ को लागि डिप्लोमा÷प्रमाण पत्र तहका कार्यक्रमहरुमा पूर्ण शुल्कीय तर्फ उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट थप शिक्षण र कार्यक्रम भर्नाका लागि निवेदन दिन सम्ब्न्धी सूचना !

Advertisement

तपाईको प्रतिक्रिया