आज जिरो किमिमा रक्तदान कार्यक्रम

समाधान संवाददाता २०८० कार्तिक १३ गते ७:५१

पोखरा ।

पोखरामा रगत अभाव भएको छ । विरामीको अप्रेसन र रगत कम भएकाहरुका लागि आवश्यकपर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको बताए ।

उनले कात्तिक १० र ११ गते रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताए । रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

अभिभावक गृहले पोखरा ५ जिरो किलोमिटरमा सोमबार विहान साढे ७ बजे रक्तदान कार्यक्रम राखेको गृहका अध्यक्ष देबेन्द्र सुबेदीले जानकारी दिए । उनले रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया