३८ प्रतिशतको छैन बैंक खाता

काठमाडौं ।
नेपालमा करिब ६२ प्रतिशत परिवारको कुनै एक सदस्यको बैंक खाता छ । ४१ लाख २२ हजार ५ सय ९० अर्थात् ६१ दशमलव ८९ प्रतिशत परिवारमा कम्तीमा एक जनाको बैंक तथा वित्तीय संस्थामा खाता देखिएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरण अनुसार २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार एक सय ८१ जना अर्थात् २५ दशमलव ५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता देखिएको हो । १ करोड ४२ लाख ५३ हजार पाँच ५१ पुरुषमध्ये २६ दशमलव ४२ प्रतिशत र १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४ दशमलव ७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ खाता छ ।
यस्तै, नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपालभर ७५ लाख ५२ हजार ६६ वटा घर छन् ।सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । २८ दशमलव ७८ प्रतिशत दुईतले र ९ दशमलव १७ प्रतिशत तीनतले घर छन् ।
नेपालमा १ दशमलव ३ प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन् । ‘मधेस प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छन् भने ५ वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् २ दशमलव ३४ प्रतिशत छन्”, तथ्यांक कार्यालयले भनेको छ ।
देशभर ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई दशमलव ९८ प्रतिशत छ ।
१२ दशमलव ५५ प्रतिशत परिवारमा कम्तीमा १ जना व्यक्तिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् । कुल परिवार सङ्ख्यामध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिन्छ । प्रदेश अनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ९६ प्रतिशत छन् ।
राष्ट्रिय जनगणना २०७८ सञ्चालनका क्रममा २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म प्रत्येक व्यक्ति तथा परिवारका बारेमा विस्तृत विवरण संकलन गरिएको थियो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया