खैरो पदार्थसहित ३ जना पक्राउ

समाधान संवाददाता २०८० कार्तिक २१ गते १३:४३

पोखरा ।
औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ४० मिलिग्राम खैरो पदार्थसहित ३ जनालाई आइतबार पक्राउ गरेको हो ।


लागू औषध वेचविखन भई रहेको भन्ने गोप्य सूचनाको आधारमा पोखरा महानगरपालिका. वडा नम्बर १७ दोभिल्लाका २१ वर्षीय कौशल पुन मगर, वडा नम्बर १३ बाँझपाटनका २१ वर्षीय प्रशान्त गुरुङ र वडा नम्बर २१ कस्यारका २१ वर्षीय अनिस सुनारलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी लागू औषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया