लिलाभक्त आचार्यालाई पत्नी शोक, ८५ वर्ष लामो साथ टुट्याे

समाधान संवाददाता २०८० कार्तिक २२ गते १४:२४

पाेखरा ।

पोखराका वरिष्ठ समाजसेवी तथा धार्मिक व्यक्तित्व लिलाभक्त आचार्यालाई पत्नी शाेक परेको छ । उहाँकी धर्म पत्नी तुलसी आचार्यको मंगलबार राती ९४ बर्षको उमेरमा निधन भएको हो ।

८५ वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएकाे यो जाेडी वैवाहिक वर्ष गाँठकाे ८४ वर्ष मनाउने शाैभाग्यशाली जाेडी थियाे । लिलाभक्त १० वर्ष र तुलसी ९ वर्षकाे उमेर हुँदा उहाँहरु वैवाहिक जिवनमा बाँधिनु भएकाे थियाे । पछिल्लाे समय बुढ्याैलीका कारण तुलसी बिरामी पर्नु भएको थियाे ।

Advertisement

उहाँको आजै तुलसी घाटमा अन्त्यष्टी गरिने पारिवारिक श्रोतले जनाएकाे छ । दिउसाे तीन बजे पोखरा विराैटा स्थित निवासबाट शव यात्रा सुरु हुनेछ । स्वर्गीय आचार्यका एक छोरा, एक छोरी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया