फिस्टेल हस्पिटल र कुमुदिनी स्कुलबाट भुकम्प पीडितलाई ३ लाख ३३ हजार रुपैया सहयोग

समाधान संवाददाता २०८० कार्तिक २३ गते १३:२४

पाेखरा ।

पश्चिम नेपालमा गएको भुकम्पबाट पीडित भएकाहरुको सहयोगार्थ पोखराको एक अस्पताल र विद्यालयले नगद सहयोय प्रदान गरेका छन् । पोखरा ४ गैह्रपाटनमा रहेका फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र कुमुदिनी होम्स माध्यमिक विद्यालयले ३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका हुन् ।

कुमुदिनी होम्स विद्यालयको तर्फबाट १ लाख ११ हजार १११ रुपैयाँ र फिस्टेल हस्पिटलको तर्फबाट २ लाख २२ हजार २२२ रुपैयाँ गरी कुल ३ लाख ३३ हजार ३३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहात कोषमा जम्मा गरिएको छ । यी दुवै सस्ठाको सञ्चालक समिति अध्यक्ष अशोक पालिखे छन् ।

Advertisement

अध्यक्ष अशोक पालिखेले विपदमा परेका दाजुभाई दिदिबहिनीहरुको लागि राहत तथा पुर्नस्थापनाका लागि सहयोग हाेस् भन्ने हेतुले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत सहायता कोषमा जम्मा गरिएको जनकारी दिए ।

२०७२ सालको भूकम्प र कोशी वाढीपिडितहरुको लागि कुमुदिनी होम्स तथा फिष्टेल अस्पतालले राहत सहयोग गरेको पालिखेले स्मरण गरे । उनले भने, कसैलाई अफ्ठेराे परेकाे बेलामा सहयाेग गर्नु मानवताकाे लागि महत्वपूर्ण कुरा हाे । उनले सकेकाे सहयाेग गर्न सबैमा आग्रह पनि गरे।

Advertisement

विपद कतिबेला पर्छ, कतिबेला आउँछ कसैलाई थाहा हुँदैन । यसका लागि सामान्य समयमा पनि विपद परेको बेला तुरुन्त प्रतिकार्य गर्नका लागि आवश्यक परामर्श तालिमको आवश्यक्ता हुने उनले बताए ।

तपाईको प्रतिक्रिया