अमृतको नेतृत्वमा पाेखरा इलेक्ट्रिक क्लब

समाधान संवाददाता २०८० कार्तिक २३ गते १४:११

पोखरा ।

विद्युतको सामाग्री तथा विजुली सम्बन्धि काम गर्ने पोखराका व्यवसायीहरुकाे सस्था पोखरा इलेक्ट्रिक क्लवको अध्यक्षमा अमृत पोखरेल निर्वाचित भएका छन् ।

बुधबार पोखरामा सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघिको कार्यसमितिमा सचिवको जिम्मेबारी लिएर काम गरेका पोखरेल सर्बसम्मतबाट अध्यक्षमा चयन भएका हुन् ।

Advertisement

सस्था स्थापनाको २५ वर्ष भैसकेको छ । सस्थाको २५ औं रजतजयन्ती मनाइरहँदा र क्लवको नेतृत्व पाइरहँदा खुशी लागेको पोखरेले बताए । इलेक्ट्रिक व्यवसायीको हकहितका लागि आफु नेतृत्वको कार्यसमिति लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया