पोखरामा गुन्जियो दराजको नाम

समाधान संवाददाता २०८० कार्तिक २४ गते १३:३९

पोखरा ।
नेपालको अग्रणी ई–कमर्स ब्रान्ड दराजले ११ः११ सेलको प्रवद्र्धन गर्ने उद्देश्यले सोमबार र मंगलबार पोखराको विभिन्न चोकहरुमा धुमधामसँग ¥यालीको आयोजना गरेको छ ।


दराजका डेलिभरी हिरोहरुले सुन्तला रङको ज्याकेट पहिरिएर दुई घण्टा सडकमा मोटरसाइकल कुदाउँदा पोखराका सडक आकर्षक देखिएका थिए । रिमाल सिस्टरस् नामको टिकटकबाट नाम कमाएका सरिता रेग्मी र सन्ध्या रेग्मी पनि सहभागी रहेको ¥यालीको क्रममा दराजका डेलिभरी हिरोहरुले नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सृजनाचोक, पृथ्वीचोक, र बसुन्धरा पार्कमा दर्शकहरु संग अन्तत्र्रिmया गर्दै डिस्काउण्ट भाउचरहरु वितरण गरेका थिए ।


दराजको ११ः११ सेलमा ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टहरुमा ७ करोड सम्मको छुट पाउनेछन् । कम्पनीको अनुसार सेल अवधिमा ग्राहकरुले १० हजार रुपैयाँसम्मको मेगा भौचर, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ११ भाग्यशाली विजेताहरुले सिजी ब्रान्डको वासिङ मसिन जित्ने मौका पाउनेछन् ।

Advertisement


बैंकको डेबिट कार्ड प्रयोग गरेर प्रिपेमेन्ट गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउने व्यवस्था छ । क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम २५ सय रुपैयाँको छुट प्राप्त गर्नेछन् ।


यो ¥यालीको लागि दराज नेपालले सामाजिक सञ्जालमा एउटा पोष्ट राख्दै ‘स्पट एण्ड विन’ नामक प्रतियोगिताको घोषणा गरेको थियो । यात्रामा प्रयोग भएको दराजको झण्डाको फोटो खिचेर कमेन्ट गर्ने केही भाग्यशाली विजेताहरुले ५ सय रुपैयाँ बराबरको डिस्काउण्ट भौचर पाउने जनाइएको छ । यो प्रतियोगिताको विजेता घोषणा कात्तिक २६ गते हुने कम्पनीले जनाएको छ । कात्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म यो सेल चल्ने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया