शिक्षकलाई प्राथमिक उपचार तालिम

समाधान संवाददाता २०८० मंसिर ३ गते १३:०८

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले शिक्षक नायकहरुलाई आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम दिएको छ ।
कृषि अनुसन्धान केन्द्र लुम्लेमा आवासीय रुपमा भएको प्रशिक्षणमा जुनियर तथा युवा सर्कल भएका विद्यालयका २४ जना शिक्षकको सहभागिता रहेको कास्की रेडक्रसका कार्यसमितिका सदस्य तथा जुनियर युवा समिति कास्कीका संयोजक रमेशराज भण्डारीले जानकारी दिए ।


३ दिने तालिममा लक्ष्मण कोइराला, नवराज भण्डारी, मित्रलाल सुवेदी र गणेश भण्डारीले सहजीकरण गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बिरामी तथा घाइतेलाई अस्पताल तथा स्वास्थ्य संस्थामा पुर्‍याउनुभन्दा अगाडि गरिने प्राथमिक उपचार धेरैको ज्ञान जोगाउन सहयोग पुगेको बताए ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले प्राथमिक उपचारले दुर्घटना परी घाइते भएका मानिसको अवस्था थप नबिग्रने उल्लेख गरे । उनले प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महसुस गराउन मद्दत गर्ने जनाए ।

Advertisement


कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका कार्यसमितिका सदस्य तथा जुनियर युवा समिति कास्कीका सचिव बबिता सुवेदी, समितिका सदस्यहरु लक्ष्मी अधिकारी, केआर ढकाल, शर्मिला सापकोटा लगायतले प्राथमिक उपचारको महत्वबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया