लमजुङमा पहिलो समलिंगी विवाह दर्ता

समाधान संवाददाता २०८० मंसिर १३ गते १९:२२

लमजुङ ।
एक समलिंगी जोडीको विवाह दर्ता गरेको छ । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, लमजुङको दोर्दी गाँउपालिका २ को वडा कार्यालयले विवाह दर्ता गरेको हो ।


लमजुङको दोर्दी गाँउपालिका २ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरेको थिए । विवाह गरेपछि दोर्दी गाँउपालिका २ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए ।


समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरे । ‘आजको दिन नेपालमा समलिंगी अधिकारका लागि कोशेढुंगा हो । यो नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै पहिलो घटना हो,’ उनले भने ।

Advertisement


गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया