पाेखरा १३ मा प्रजनन स्वास्थ्य शिविर

समाधान संवाददाता २०८० मंसिर १९ गते ११:४६

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १३ को सहरी स्वास्थ्य केन्द्रमा यौन तथा प्रजनन स्वास्थ्य शिविर भएको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा भएको शिविरबाट १ सय २६ महिला लाभान्वित भएका छन् ।


शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परीक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडाध्यक्ष किरण बरालले बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय महिलाका लागि पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रुपमा देखिएको बताए । उनले आम नागरिकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

Advertisement


पोखरा १३ का वडाध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य सुचित्रा तामाङ रस्वास्थ्य केन्द्रकी अहेब लीला गुरुङले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया