मुस्ताङका स्वास्थ्य स्वयंसेविका सम्मानित

सुन्दरकुमार थकाली २०८० मंसिर २० गते १३:३७

जोमसोम ।
२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार मुस्ताङमा २ स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । आधारभूत स्वस्थ्य सेवामा योगदान पु¥याएवापत मुस्ताङको घरपझोङ गाउँपालिकाले उनीहरुलाई सम्मान गरेको हो ।


अन्तर्राष्ट्रिय स्तरमा स्वयंसेवकको रुपमा कार्य गर्ने व्यक्तिलाई बर्सेनि डिसेम्बर ५ तारिखमा स्वयंसेवक दिवस मनाइने गरिन्छ । यही दिवसलाई आत्मसाथ गर्दै नेपालमा २०६१ देखि सामुदायिक स्वास्थ्य महिला स्वयंसेविका दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा घरपझोङ २ मार्फाकी स्वास्थ्य स्वयंसेविका सुनमाया विक र घरपझोङ ५ की स्वास्थ्य स्वयंसेविका नानीमाया थकाली सम्मानित भए ।


आधारभूत स्वास्थ्य सेवामा समर्पित रहँदै विशेष योगदान गरेका भन्दै घरपझोङ गाउँपालिकाले उनीहरुलाईसम्मान गरेको हो । ३ दशकसम्म दुर्गमका गाउँ, बस्तीमा आधारभूत स्वास्थ्य सेवाका लागि खटिँदै र्आका घरपझोङका विक र थकालीलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

Advertisement


घरदैलोको स्थानीय सरकारबाट सम्मान पाएपछि उनीहरु निकै खुसी भएका छन् । राज्य दिने सीमित सेवा, सुविधा भन्दा सेवानै महत्वपूर्ण भनी खटिने स्वयंसेविकाको सम्मान गर्दै कार्यक्रम गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचनले उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाका पीरमर्का र जिम्मेवारीका बिषय स्थानीय तह जानकारी रहेको जनाए ।


गाउँपालिका उपाध्यक्ष जमुना थकालीले महिला र बालबालिकाको स्वास्थ्य सेवामा स्वयंसेविकाको ठूलो जिम्मवारी रहेको जनायन् । वडाध्यक्ष आशबहादुर थकालीले स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम र सुविधा दिएर प्रोत्साहित गर्नुपर्ने सुझाए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका दिवसको औचित्यमाथि स्वास्थ्य शाखा प्रमुख कर्णबहादुर थकालीले प्रकाश पारे ।

Advertisement


मुस्ताङको घरपझोङ गाउँपालिकाका ५ वटै वडामा गरी २० महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरुलाई वार्षिक १ हजार २ सय रुपैयाँ पारिश्रमिक दिने गरिएको छ । सम्मानित स्वास्थ्य स्वयंसेविक सुनमाया विकले स्वास्थ्य स्वयंसेविकाका समस्या, चुनौती र पारिश्रमिकमा राज्यले सम्बोधन गर्नुपर्ने जनाइन् ।


घरपझोङ गाउँपालिकाकी स्वास्थ्य स्वयंसेविका बत्तीमाया थकालीलाई उमेर हदका कारण बिदाइ गरिएको छ । उनलाई पालिका अध्यक्ष लालचन र उपाध्यक्ष थकालीले बिदाइ गरेका हुन् ।


नेपालमा आर्थिक वर्ष २०४५/०४६ देखि तराईका २७ जिल्लाबाट स्वास्थ्यसेवक कार्यक्रम सुरु भएको थियो । त्यसपछि २०६१ सालबाट यो दिवस मनाउन थालिएको थियो । महिला स्वास्थ्य स्वयंसेविकालाई आधारभूत तालिम दिएर खटाउने गरिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया