ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

समाधान संवाददाता २०८० पुष २० गते ८:३१

पोखरा ।
ज्यान मार्ने मुद्दामा कसुरदार ठहरिएर फरार अभियुक्त कास्कीको मादी ६ का कृष्णबहादुर क्षेत्रीलाई कास्की प्रहरीले पक्रेको छ ।

४० वर्षे उनी काहुँखोला पोखरामा बस्दै आएका थिए । उनलाई कास्की अदालतले भदौ १८ गते ज्यान मार्ने मुद्दामा कसुरदार ठहर गर्दै १० वर्ष कैद र १ लाख ४ हजार जरिवाना फैसला सुनाएको थियो ।

तर उनी फरार थिए । उनलाई जरिवानामा ९ वर्ष ११ महिना १८ दिन कैद सजाय पनि अदालतलेको फैसलामा थियो । प्रहरीले पक्रेर अदालतमा उपस्थित गराएपछि क्षेत्रीलाई बिहीबार कैद चलान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया