सवारी ज्यान मुद्धामा एक जना कारागार चलान

समाधान संवाददाता २०८० पुष २२ गते १७:०८

पोखरा ।

सवारी ज्यानसम्बन्धी मुद्धामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले बानियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।


गत मंसिर २४ गते पोखराको लेखनाथमा बीएए ००४१ नम्बरको कारले ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् हेमजाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमिकी २४ वर्षीया भावना बरालको निधन भएको थियो ।

Advertisement


यस मुद्धामा अदालतको आदेश आउनु अघि शुक्रबार र आइतबार पीडित पक्षले अदालत परिसरमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया