फेदीखोला समाजका सदस्यलाई जिएमसीमा छुट

समाधान संवाददाता २०८० पुष २६ गते ११:३२

पोखरा ।
शिक्षा र स्वास्थ्यलाई अग्रस्थानमा राखी सामाजिक कार्यमा सक्रिय वृहत फेदीखोला पोखरा सम्पर्क समाजले बुधबार गण्डकी मेडिकल कलेजसँग सम्झौत गरेको छ ।


जिएससीसँग स्वास्थ्य परीक्षणमा छुटसम्बन्धी सम्झौता भएको हो । सम्पर्क समाज र गण्डकी मेडिकल कलेज पोखराबीच स्वास्थ्य परीक्षणमा छुट सम्झौता भएको हो । अब समाजका सदस्यले दर्तामा २० प्रतिशत, बहिरंग सेवाको बेड चार्जमा १० प्रतिशत, दन्त सेवामा सामग्री बाहेकमा १५ प्रतिशत छुट पाउने छन् ।


समाजले यसअघि आजीवन सदस्यका लागि मणिपाल अस्पताल र युआरएलमा छुटसम्बन्धी सम्झौता गरिसकेको कार्यक्रम संयोजक जितबहादुर क्षेत्री (राजकुमार)ले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया