शीतलको नेतृत्वमा गीतकार प्रतिष्ठान

समाधान संवाददाता २०८० पुष २९ गते ११:५१

पोखरा ।
लोकप्रिय गीतकार शीतल गिरी गीतकार प्रतिष्ठान नेपालको अध्यक्षमा चुनिएका छन् । शनिबार पोखरामा भएको प्रतिष्ठानको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो ।


उपाध्यक्षमा अनुराग अधिकारी, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष लाल कार्की अञ्जान र सह–सचिवमा बिर्सना बस्नेत छन् ।

सदस्यमा राजाराम पौडेल, जीवनमित्र पण्डित, सावित्री गिरी, रेशम रचक, हरिमाया पराजुली र आर्दश पोखरेल छन्।
नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिष्ठानले गर्दै आएका कामसहित केही नयाँ काम गर्ने वाचा गरे । सोही अवसरमा गीतकार शीतल कादम्बिनीलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया