पार्किङबाट जिप जोरी गर्ने पक्राउ

समाधान संवाददाता २०८० माघ ४ गते १०:५१

पोखरा ।
कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लाँदै गरेका एक युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १० मा पर्ने अमरसिंह स्कुलको खेल मैदानमा राखिएको जिप चोरी गर्ने २० वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको हो ।


बुधबार साढे १ बजेतिर ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको सूचना पाएपछि प्रहरीले परियारलाई सोही जिप चलाइरहेको अवस्थामा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

पोखरा १४ समिनतरा बस्ने परियारलाई पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन छ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको प्रवक्ता विकले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया