मफलरलाई पुरस्कार, विश्वप्रेमलाई सम्मान

समाधान संवाददाता २०८० माघ २८ गते १३:३६

पोखरा ।
नेपाली लेखक संघ कास्कीले हरेक वर्ष प्रदान गर्ने लेखक कृति पुरस्कार २०७९ प्रदीप रोदनको गजलसंग्रह मफलरलाई प्रदान गरिएको छ । पुरस्कार राशि नगद २५ हजार र सम्मानपत्र छ । शुक्रबार पोखरामा आयोजित समारोहमा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले सो पुरस्कार प्रदान गरे ।


सोही अवसरमा साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेकोमा स्याङ्जाका सर्जक विश्वप्रेम अधिकारीलाई स्रष्टा सम्मान प्रदान गरियो । संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले मन्दिरको जगजस्तै नदेखिएरै गजुरलाई उभ्याइरहने व्यक्तित्वलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको जनाए । गजल लेख्नुलाई हास्यास्पद ठानिने समय सम्झँदै उनले रोदनको गजलकारिताले गजललाई नयाँ उचाइ दिएको उनको भनाइ छ ।


सम्मानित अधिकारीले यो सम्मानबाट सिंगो लामो समयको साधना सम्मानित भएको पनि बताए । गजलकार रोदनले यस प्रकारका पुरस्कार, सम्मानले लेखनमा विशेष ऊर्जा मिल्ने जनाए ।

Advertisement


कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक डा.भूमिराज बस्ताकोटीले पुरस्कृत एवम् सम्मानित स्रष्टाद्वयको परिचय प्रस्तुत गरेका थिए ।


संघ गण्डकी प्रदेश अध्यक्ष डा. ईश्वरमणि अधिकारीले संस्थाको कास्की शाखाले पुरस्कार र सम्मानको यो प्रशंसनीय कार्य गर्दै आएकामा खुसी व्यक्त गरे । संघ कास्की शाखा अध्यक्ष रीता अधिकारी ‘ऋतु’को अध्यक्षतामा भएको कार्यक्रमम सचिव प्राञ्जल र उपाध्यक्ष कमल पौडेल ‘अथक’ ले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया