६ किलो सुनसहित पोखरामा भारतीय नागरिक समातिए

समाधान संवाददाता २०८० फागुन १ गते २१:२३

पोखरा ।

कास्की प्रहरीले पोखरामा ६ किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीबाट प्रहरीले नगदसहित अरु सामग्री पनि बरामद गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेका छन्। उनलाई ६ किलो सुन र ६२ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए। सोमबार पक्राउ परेका उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो।

Advertisement

६.६९ किलो सुन, ६ तोला चाँदी र ६२ लाख ८१ लाख नगदसहित पक्राउ परेका भारत पश्चिम बंगालको मेदिनीपुरका भौमिक पोखराको मोहोरिया टोलमा बस्दै आएको प्रहरीले जनाएको छ। उनी सोमबार बिहान ४ बजे पक्राउ परेका हुन्।

३ तले घर भाडामा लिई बस्दै आएका भौमिकले अवैध सुन आयात गरी गरगहना बनाएर बिक्री गर्दै आएको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

Advertisement

तपाईको प्रतिक्रिया