बिटी कप सुरु

समाधान संवाददाता २०८० फागुन २ गते १२:४०

पोखरा ।
पोखरामा बुद्ध टोल युवा (बिटी) क्लबको आयोजनामा मंगलबारदेखि सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा १ पुरानो टुँडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा मेनीमोर एफसीले विजयी सुरुवात गर्‍यो ।


बिटी क्लब हरियो र मेनीमोरबिच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा मेनिमोरले ३–२ गोल अन्तरले पराजित गर्‍यो । अर्काे खेलमा एलजिआरवाइसी काठमाडौंको टिमले एसटी लोटसलाई १–० गोल अन्तरले हराउँदै काठमाडौं दोस्रो चरणमा प्रवेश गर्‍यो । काठमाडौंको जीतमा करण खड्काले निर्णायक गोल गरे ।


गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नयाँ खेलाडी उत्पादन गर्नमा प्रतियोगिताले भूमिका खेल्ने धारणा राखे । विगत लामो समयदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको प्रतियोगिताले पोखराको फुटबलको विकासमा टेवा पुर्‍याएको सांसद बरालले बताए ।

Advertisement


फागुन १० गते सञ्चालन हुने सो प्रतियोगितामा ५६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । बुधबार पहिलो चरणकै ८ खेल हुने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड, मेडलसहित प्रमाणपत्र पाउने छन् ।


प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद १० हजार हात पार्ने छ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । १६ औं संस्करणकौ बिटी कपको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया