फुटसलको सेमी समीकरण

समाधान संवाददाता २०८० फागुन ६ गते १०:२७

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा भएको दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज लेभल फुटसल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।


कलेज लेभलमा पोखरा लिङ्कन कलेज, सोचो कलेज अफ आइटी, इन्फोम्याक्स कलेज अफ आइटी एन्ड म्यानेजमेन्ट र इन्फोम्याट्रिक कलेज पोखरा सेमिफाइनलमा प्रवेश गरेका छन् ।


पोखरा लिंकन कलेजले माउन्ट अन्नपूर्ण क्याम्पसलाई ७–३, सोचो कलेज अफ आइटीले लेकसिटी कलेज एन्ड रिर्सच सेन्टरलाई ४–० ले हराए ।

Advertisement


यस्तै, इन्फोम्याक्स कलेज अफ आइटी एन्ड म्यानेजमेन्टले ला ग्रान्डी इन्टनेसनल कलेजलाई ४–२, इन्फोम्याट्रिक कलेज पोखराले पोखरा कलेज अफ म्यानेज म्यानेजमेन्टलाई ४–० गोल अन्तरले हराउदै सेमिफाइनल प्रवेश गरेका छन् ।


प्लस टु तर्फको शनिबारको पहिलो खेलमा स्टेप बाइ स्टेप सेकेन्डरी स्कुलले सृजना सेकेन्डरी स्कुललाई ३–० गोलले हरायो । अर्को खेलमा स्नो भ्यु इङ्लिस बोडिङ स्कुलले ग्यालेक्सी स्कुललाई २–० गोलले हरायो ।सगरमाथा सेकेन्डरी स्कुलले प्रतिभा सेकेन्डरी स्कुललाई २–० गोल अन्तरले हरायो ।

Advertisement


प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लाका ३ गरी १५ विद्यालयले प्रतियोगिता भाग लिएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । हिसान गण्डकीका सदस्य विद्यालयबिच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सहभागीता जनाएका छन् ।


प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजारका साथमा मेडल र ट्रफी प्राप्त गर्ने हिसान गण्डकी अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । युनिभर्सिटी लेभल फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित मेडल र ट्रफी पाउने छन् ।

तपाईको प्रतिक्रिया