‘मान्छे हराएको मान्छे’ बजारमा

समाधान संवाददाता २०८० फागुन ६ गते १०:३५

पोखरा ।
साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा संग्रह शनिबार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठ लगायतले कृति लोकार्पण गरे ।


साहित्यकार सरुभक्तले साथी, सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने जनाए । उनले लघुकथा आकारका दृष्टिले सानो भएका कारणले मात्र नभई यसको क्षमताकै कारणले लोकप्रिय भएको मत राखे । मान्छेभित्रको मान्छे गुण हराइरहेको परिवेशमा हरेक मान्छेलाई कृतिले मानवता सिकाउने उल्लेख गरे ।


कथाकार थापाले रोलाँ बाथको ‘डेथ अफ अथर’ को सिद्धान्तलाई आफूले स्वीकार गरेको बताउँदै अब कृतिको जिम्मेवारी पाठकमा हस्तान्तरण भइसकेको बताए । उनका यसअघि मनको मूच्र्छना (गजल संग्रह, २०६०), पलापला (गजल संग्रह, २०६५), पर्खालबाहिर (मुक्तक संग्रह, २०६६) र अक्षरहरूको मूच्र्छना (कविता संग्रह, २०७७) प्रकाशित छन् । माया पब्लिकेसनले प्रकाशन गरेको कृतिमा ७० लघुकथा समेटिएका छन् ।

Advertisement


लघुकथा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, नेपाली लेखक संघ गण्डकी अध्यक्ष डा ईश्वरमणि अधिकारी, साहित्यकार दीपक समीप, प्रतिष्ठानका सचिव अमृत लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया